लमजुङ जिल्ला कारागारबाट दुई कैदी फरार भएका छन्।
बेसीशहर नगरपालिका ८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर गत राति साढे एक बजेको समयमा दुई कैदी फरार भएका हुन्।
फरार हुनेमा लम्जुङको मध्यनेपाल नगरपालिका ४ का २७ वर्षिय विनोद विक र गोरखा चुमनुब्री गाउँपालिका ३ का ३७ वर्षिय चन्द्र बहादुर गुरुङ रहेको प्रहरी सोर्तले बताएको छ।
विक जबर्जस्ती करणी र डाँका चोरी मुद्धामा र गुरुङ ठगी मुद्धामा कारागार चलान भएका थिए। कैदी फरार भएलगत्तै प्रहरीले खोजीकार्य तिव्र पारेको जनाएको छ।
प्रकाशित: १८ जेष्ठ २०८० ०७:३३ बिहीबार