१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

करणीका आरोपी अस्पतालभित्र झुण्डिए

मोरङको मिक्लाजुङ गाउँपालिकाका एक जना युवा विराटनगरको नोबेल अस्पतालभित्र झुण्डिएको अवस्थामा आज भेटिएका छन्।

हाडनाता करणीको आरोपमा पक्राउ परेका ३३ वर्षीय युवा उपचारका लागि अस्पताल भर्ना भएका थिए। अस्पतालको शौचालयभित्र झुण्डिएर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।  

शौचालय छिरेका उनी निक्कै बेरसम्म ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुण्डिएको अवस्थामा फेला पारिएको बताउँदै, डिएसपी दाहालले भने, ‘आफैले लगाएको हरियो कपडाले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए।’

जेठ १२ गते हाडनाता जबरजस्ती करणीको आरोपमा पक्राउ गरी  अनुसन्धान भइरहेको थियो। उनीविरुद्ध हाडनाता जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाउन जेठ १४ अदालतबाट म्याद थप गर्नका लागि जिल्ला सरकारी वकिलको कार्यालय ल्याउँदा आत्महत्याको प्रसार गरेका थिए। त्यहाँ पनि उसले शौचालयभित्र घाँटी रेटेर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ।

शौच गर्न शौचालय पसेका थनुवा लामो समयसम्म बाहिर नआएपछि भित्र हेर्दा अचेत अवस्थामा घाँटीको अगाडिको भाग रेटेको र रगताम्य भएको अवस्थामा भेटिएका थिए। तत्काललै उनलाई  कोशी अस्पताल उपचारका लागिएपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएको थियो। अदालतले उपचारलाई प्राथमिकता दिनुपर्ने भनेर म्याद थप गर्न अस्वीकार गरेपछि प्रहरीले उनीविरुद्ध म्याद थप गर्न पाएन।

गम्भीर अवस्थामा रहेका उनलाई खोजेका बेला उपस्थित गराउने शर्तमा आफन्तले जिम्मा लिएर थप उपचारका लागि नोबेल लगेका थिए। स्वास्थ्यमा सुधार हुँदा आएको अवस्थामा उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। मृतकको शव कोशी अस्पतालमा पोस्टमार्टमपछि परिवारले बुझेर लगेको र घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १७ जेष्ठ २०८० १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App