coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालक कुट्ने वकिललाई १ वर्ष कैद र ३ लाख क्षतिपूर्तिको फैसला

ज्यान मार्ने उद्योग गरेको अभियोगमा उदयपुरका एक कानुन व्यवसायी दोषी ठहरिएका छन्।  

उदयपुर जिल्ला अदालतले बुधबार अधिवक्ता इन्द्रबहादुर तामाङलाई १ वर्ष कैद, १० हजार जरिवाना र ३ लाख रुपैँया क्षतिपूर्तिको फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्की बताए।

अदालतका १ नं. न्यायाधीश कृष्णप्रसाद सुबेदीले आफ्नै इजलासको फैसला बमोजिम सो सजाय निर्धारण गरेका हुन्। त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटका स्थायी बासिन्दा अधिवक्ता तामाङले छिमेकी १० वर्षीय बालक आयन लिम्बुमाथि सांघातिक आक्रमण गरी मरनासन्न पारेको भन्दै उनकी आमा सम्झना पाख्रिन तामाङले ०७७ साउन ११ गते ज्यान मार्ने अभियोगमा मुद्धा हालेकी थिइन्।

कार्कीका अनुसार अदालतले निर्धारण गरे बमोजिम तामाङले सजाय भुक्तान गर्नुपर्ने हुन्छ। तर, जिल्ला अदालतको फैसला चित्त नबुझे तामाङ उच्च अदालत जान सक्ने उनले बताए। जिल्ला अदालतको फैसलाको पूर्ण पाठ तयार भएर प्रमाणिकरण गरेको ७० दिनभित्र तामाङले आफू निर्दोष भएको जिकिर गर्दै जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जादा धरौटी राखेर बाहिरैबाट मुद्धा लड्न पाउने कानुनी व्यवस्था रहेको छ।

स्रेस्तेदार कार्कीका अनुसार उच्च अदालतले जिल्लाबाट तोकिएको फैसला अनुसार जरिवाना, क्षतिपूर्ति रकमसँगै १ वर्ष कैदको दिनगन्ती ३ सयका दरले हुन आउने रकम धरौटी लिएर जेल नबसी मुद्धा लड्न अनुमति दिनसक्ने प्रावधान छ। तर, यसमा उच्चले तामाङको अनुरोध मान्छ या मान्दैन भन्ने बारेमा यसै भन्न नसकिने स्रस्तेदार कार्कीले बताए।  

प्रकाशित: १७ जेष्ठ २०८० १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App