६ वैशाख २०८१ बिहीबार
समाज

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई  जनाको घटनास्थलमै मृत्यु भएको छ।

बा ४५ प ५५४१ नं.को मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका-२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी-११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले बताए।

गएराति करिब १२ बजेको समयमा सडकबाट एक सय ५० मिटर तल झरेको मोटरसाइकल पूर्ण रूपमा क्षति भएको प्रनाउ यादवले बताए।  

प्रकाशित: १७ जेष्ठ २०८० ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App