coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अलपत्र पुलको निर्माणको माग गर्दै स्थानीयवासीले थालेको अनसन जारी

लामो समयदेखि अलपत्र अवस्थामा अधुरो निर्माण छाडेर ठेकेदार वेपत्ता भएपछि रौतहटमा पुल निर्माणको माग गर्दै स्थानीयले निर्माणाधीन पुलमुनि नै रिले अनसन सुरु गरेका छन्।

रौतहटको चन्द्रपुर नगरपालिका ३ का स्थानीयले चाँदी नदीमा निर्माणाधीन पुलको ठेकेदारले सम्झौता अनुसार काम नगरेपछि पुलको निर्माण चाँडो गर्न रिले अनसन सुरु गरेका हुन्।

गत आइतवारदेखि थालिएको अनसनका आन्दोलनकारीहरुले सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साह, ठेकेदार दयाराम साह र केही इन्जिनियरहरुको सरुवाको माग अगाडि सारेका छन् । चाँदी नदीको अलपत्र पुल निर्माण समिति बनाएर स्थानीयले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख तथा ठेकेदार दयारामको मिलोमतोमा पुल निर्माणमा लापरवाही गरेको आरोप लगाउँदै आन्दोलन सुरु गरेका हुन्।

२०७६ असार ३१ म पुलको निर्माण सक्नुपर्नेमा पुल निर्माणको म्याद सकिएको चार वर्ष बित्न लाग्दा पनि पुल अझै निर्माण हुन सकेको छैन । २५ करोड ३६ लाख २४ हजारमा निर्माणको ठेक्का लिएको पप्पु शिवशंकर जेभीले पटकपटक म्याद थप गरेर पनि पुलको निर्माण नगरेको आरोप स्थानीयको रहेको छ।

संघर्ष समितिका अध्यक्ष गोविन्दप्रसाद तिमल्सिनाले पुलको निर्माण तदारुकताका साथ सुरु गर्न तथा सडक डिभिजन कार्यालयका प्रमुख साहको सरुवा दुवै नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन्।

निर्माणको ठेक्का सकार गरेको छ वर्षमा पुलको निर्माण करिब ७५ प्रतिशत भएको र बाँकी २५ प्रतिशत काम गत दुई वर्षदेखि अलपत्र छाडिएको स्थानीयको भनाइ छ । पुलको निर्माणको लागि २०८० असारसम्म अन्तिम म्याद थप गरिएको भए पनि समयमा पुलको निर्माण हुनेमा स्थानीय आशावादी नभएपछि आन्दोलनको थालनी गरेका हुन् । पटकपटक गरी थपिएको म्याद सकिन करिब डेढ महिना बाँकी रहँदा पनि ठेकेदारलेका कुनै चासो नलिँदा आन्दोलनको विकल्प नभएको संघर्ष समितिका अध्यक्ष तिमल्सिनाको भनाइ छ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साहले निर्माण कम्पनीलाई स्पष्टीकरण सोधिएको बताउँदै समयमा काम सकिन कार्यालयको तर्फबाट आफूले निरन्तर दबाब दिइरहेको बताएका छन्।

प्रकाशित: १६ जेष्ठ २०८० १५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App