७ वैशाख २०८१ शुक्रबार
समाज

गणतन्त्र दिवसमा त्रियुगा नगरद्वारा ह्वीलचेयर वितरण

गणतन्त्र दिवसको अवसरमा त्रियुगा नगरबाट ह्विलचेयर पाएका अशक्तहरु। तस्बिरः महेश्वर

सदरमुकामको त्रियुगा नगरपालिकाले ‘१६ औँ गणतन्त्र दिवस’को अवसरमा शारीरिक रुपमा अशक्त तथा अपाङ्गता भएकाहरुलाई ह्विलचेयर प्रदान गरेको छ। मंगलवार विहान आयोजित एक कार्यक्रममा नगरप्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, प्रमुखप्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले ह्विलचेयर वितरण गरे।

ह्विलचेयर पाउनेहरुमा नगरक्षेत्रभित्रका २० जना लाभग्राही छनौटमा परेकोमा सुरुको दिन ८ जनालाई मात्र वितरण गरिएको छ। अन्य लाभग्राही कार्यक्रममा उपस्थित हुन सकेकाले उनीहरुलाई घरमै लगेर वितरण गर्ने कार्यक्रम रहेको मेयर बस्नेतले बताए। उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेट कार्यक्रमभित्र रहेर उक्त ह्विलचेयर वितरण गरेको हो। ०७९ असोज २९ गते नगरभरीका ६६ लक्षितवर्गको शारीरिक परिक्षण गर्दा २० जना पहिलो प्राथमिक्तामा पर अनुसार ह्विलचेयर वितरण गरिएको हो।

मेयर बस्नेतले देशमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल सबैले चाख्न पाउनुपर्ने उदेश्य बमोजिम अशक्तहरुलाई यो सहयोग गरेको बताए। उनले गणतन्त्र दिवसको सबैले आत्मबोध गर्न पाउनुपर्छ भन्ने हिसावले नगरपालिकाका जनप्रतिनिधिहरु लागिरहेको भन्दै उनले नगर विकास, जनताको सेवा र गणतन्त्र, संघीयता र परिवर्तनको संस्थागत विकासमा सबैजना लाग्न आग्रह गरे। मेयर बस्नेतले शारीरिक अशक्त र अपाङ्गता भएका नगरबासीलाई दैनिक आवागमन र हिडडुल गर्न सहज होस् भनेर ह्विलचेयर दिइएको बताए। ह्विलचेयर लिन नगरपालिकासम्म आउँन नसक्ने अशक्तहरुलाई घरघरमै लगेर आफैले दिने पनि मेयर बस्नेतले बताए। 

नगरउपप्रमुख महेश्वरी राईले गणतन्त्र दिवसलाई फरक र सिर्जनसिल तथा रचनात्मक रुपमा मनाउनका लागि यसवर्षको दिवसमा अशक्त अपाङ्गलाई ह्विलचेयर वितरण गरिएको बताइन्। यस्तो कार्यलाई नगरपालिकालेआगामी दिनमा पनि निरन्तरता दिदै जाने बताउँदै राइले अर्को चरणमा २४ जना अशक्तलाई ह्विलचियर दिने कार्यक्रम रहेको जानकारी गराइन्। नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रममै समेटेर नगरभित्रका अशक्तहरुलाई सहायक सामग्री प्रदान गर्ने कार्यक्रम राखिएको बताए। उनले त्रियुगा नगरपालिका स्वास्थ्यक्षेत्रमा अत्यन्त संम्वेदनसील रहेको बताइन्।

प्रकाशित: १६ जेष्ठ २०८० १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App