अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जमा कार्यरत बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादव विरुद्ध पदको दुरुपयोग गरी अकुत सम्पती आर्जन गरेको आरोपमा बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारले आज दायर गरेको आरोप पत्रमा शशी भुषण कुमार यादव २०४६ जेठ ८ गते देखि २०७९ साल सम्म सार्वजनिक सेवामा रहे सम्म चार करोड सत्तचालीस लाख चौतीस हजार भन्दा वढि पैसा अवैध रुपमा सम्पती आर्जन गरेको देखिएकोले सो बराबरको विगो जफत गरी पाउन भनि अख्तियारका प्रवक्ता भोला दाहालद्धारा आज जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।
प्रकाशित: १६ जेष्ठ २०८० १०:३३ मंगलबार