१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुतेकै ठाउँमा सर्पले डस्दा दाजुभाइको मृत्यु

सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १ कुर्थौलीमा सुतेकै ठाउँमा सर्पले डस्दा दाजुभाइको मृत्यु भएको छ। 

गएराति कुर्थौलीका गणेश पहाडीका दुई छोरा १३ वर्षीय ग्रिस पहाडी र ३ वर्षीय ग्रिष्म पहाडिको सुतेकै ठाउँमा सर्पले डस्दा मृत्यु भएको हो।

सर्पले डसेका उनीहरुलाई उपचारको लागि राति नै दुधौलिमा रहेको सिर्थौली अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सक नभएपछि उपचारको लागि बर्दिबास अस्पताल पठाइएको थियो।

बर्दिबास अस्पतालमा उपचार हुन नसकेपछि जनकपुर जानकि हेल्थ अस्पताल लैजाँदै गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ।  

प्रकाशित: १६ जेष्ठ २०८० ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App