१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

महिला सशक्तीकरण गरिने

सरकारले महिलाको आर्थिक सशक्तिकरण गर्न सम्मान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्ने जनाएको छ। आर्थिक वर्ष २०८०-०८१को बजेटमार्फत महिलाको नेतृत्व विकासका लागि स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गरेको हो।

ज्येष्ठ नागरिकको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाउने र बालबालिकाको सर्वोत्तम हितरसर्वागीण विकासका साथै बाल अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गरिने अर्थमन्त्री महतले जनाएका छन्। यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई सामाजिक अन्तरघुलनबाट मर्यादित जीवनयापन गर्ने वातावरण बनाइने सरकारले जनाएको छ। त्यस्तै महिलाको आर्थिक सशक्तीकरण वृद्धि गर्न उद्यमशीलता प्रवद्र्धधन गरिने उनले बताए। ‘महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण, विभेद र दुव्र्यवहारको अन्त्य गरिनेछ,’ उनले भने, ‘कुरीति, कुप्रथा र अन्धविश्वासबाट समाजलाई मुक्त गर्न सामाजिक जागरण अभियान एवं सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।’

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी अवस्थाका महिलाको निःशुल्क आपतकालीन हवाई उद्धार गरिने उनले बताए। ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत विपन्न महिला लक्षित जीविकोपार्जन सुधार र उद्यमशीलता विकासका लागि प्राविधिक सहयोग लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छु। लैंगिक हिंसापीडित तथा प्रभावित व्यक्तिका लागि प्रदान गरिने कानुनी सहायता, मनोसामाजिक परामर्श लगायतका सेवालाई गुणस्तरीय बनाइनेछ। हिंसा पीडित महिलाको पुनःस्थापना गर्न भक्तपुरको सूर्यविनायकमा मंगला–साहना पुर्नस्थापना केन्द्र निर्माण गरिनेछ।’

ज्येष्ठ नागरिकको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाउने र बालबालिकाको सर्वोत्तम हितरसर्वागीण विकासका साथै बाल अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गरिने अर्थमन्त्री महतले जनाएका छन्। यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई सामाजिक अन्तरघुलनबाट मर्यादित जीवनयापन गर्ने वातावरण बनाइने सरकारले जनाएको छ।

त्यस्तै सबै प्रकारका बालश्रम र शोषणको अन्त्य गरिने उनले बताए। ‘हाल सञ्चालनमा रहेका आठवटा बाल सुधार गृहको मर्मत सम्भार तथा संस्थागत क्षमता अभिवृद्धि गरिनेछ,’अर्थमन्त्री महतले भने, ‘तनहुँको ढकालटारमा बालसुधार गृह निर्माण गरिनेछ। ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गराउन जेष्ठ नागरिक मिलन केन्द्रमार्फत अन्तरपुस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ।’ काठमाडौंको गोठाटारमा १६५ क्षमताको वृद्धाश्रम र ४५ बेडसहितको ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्न बजेट व्यवस्था गरिएको छ।

सार्वजनिक सेवालाई अपांगमैत्री बनाउने सरकारले जोड दिएको छ। अपांगता भएका व्यक्तिका लागि आवश्यक सहायक सामग्री वितरण गरिने उनले जनाएका छन्। कोसी, लुम्बिनी र कर्णाली प्रदेशसँगको सहकार्यमा अपांगता भएका व्यक्तिको पुनस्र्थापनाको व्यवस्था मिलाउन बजेट छुट्याएको छ। मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी र सम्बद्ध संघसंस्थासँगको समन्वयलाई प्रभावकारी बनाएर मानव बेचबिखन र महिला हिंसा विरुद्धसमुदायमा सञ्जाल निर्माण गरी परिचालन गरिनेछ।

यसअघि आर्थिक वर्ष २०७९-८० को बजेटमा सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई सुधार एवम् परिमार्जन गर्न चार करोड रूपैयाँ विनियोजन गरेको थियो। सरकारले बजेटमा ‘महिला पहिला’कार्यक्रमअन्तर्गत महिलाको नेतृत्व विकास, आर्थिक आत्मनिर्भरता तथा क्षमता अभिवृद्धि र महिला सशक्तीकरणका लागि संघ, प्रदेश र स्थानीय तहमार्फत लामो दुरी हिडेर विद्यालय आउने छात्राहरूको सुरक्षा र शैक्षिकस्तर अभिवृद्धि गर्न छात्रावासको निर्माण गरिने उल्लेख गरेको थियो भने अपांगता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामग्रीको उत्पादन गर्ने संस्थालाई अनुदान दिने व्यवस्था गरिएको थियो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ७७ करोड रूपैयाँ विनियोजन गरेको थियो।

प्रकाशित: १६ जेष्ठ २०८० ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App