२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याइने

सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याउने भएको छ।

धार्मिक, सांस्कृतिकस्थललाई समेटेर धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/२०८१ को बजेट वक्तव्यमा उल्लेख छ।

सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धन गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ। एक सय वर्षभन्दा पुराना गुम्बाको संरक्षण गरिनुका साथै भूकम्पले भत्किएका नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, धादिङलगायत जिल्लाका गुम्बा पुनःनिर्माण गरिने भएको छ। गुठी जग्गा संरक्षणका लागि एकीकृत अभिलेख तयार गरिने भएको छ।

प्रकाशित: १५ जेष्ठ २०८० १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App