coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गौर हत्याकाण्ड घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग

गौर हत्याकाण्डका दोषीमाथि कारबाहीको माग गर्दै पीडित परिवारले गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष आग्रह गरेका छन्।

माओवादी कार्यक्रममाथि लक्षित गरी तत्कालीन मधेसी जनअधिकार फोरमले नियोजित तरिकाले आक्रमण गरेको र दर्जनौँ मानिसको मृत्यु भएको घटनाका दोषीहरूमाथि कारबाहीको माग गर्दै पीडित परिवारले आइतबार गृहमन्त्री श्रेष्ठलाई आग्रह गरेका हुन्।

२०६३ चैत ७ मा भएको गौर हत्याकाण्डमा मृत्यु भएका प्रमोद यादवका बुबा रामशरण यादव तथा मृतक नर्मदेश्वर उपाध्यायकी पत्नी रुपसागर उपाध्यायलगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन्। न्यायको खोजीमा राजधानी पुगेका पीडित परिवारले गौर हत्याकाण्डका दोषीमाथि कारबाहीको माग गरेको हुन्।

हत्याकाण्डका दोषीमाथि कारबाही नभएको भन्दै काठमाडौँ पुगेका पीडित परिवारले सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरेको पनि बुझिएको छ।

प्रकाशित: १४ जेष्ठ २०८० १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App