coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढ्दो

धनलाल बुढाले गरेको गाईपालन। तस्बिर: गोल्डेन बुढा/ जुम्ला

जुम्लाको चन्दननाथ नगरपालिका–४ का २६ वर्षीय धनलाल बुढालाई यतिबेला दूध बेच्न भ्याइनभ्याई छ। दैनिक ९० लिटर दूध बजारमा बेच्छन्। प्रतिलिटर ८० रुपैयाँका दरले दूध बिक्री गर्दा एक दिनमा उनको कमाइ ७ हजार भन्दा बढी हुन्छ।

गाईपालनले आफूलाई रोजीरोटीसँगै इज्जत, प्रतिष्ठा र आत्मसम्मान दिइरहेको उनी बताउँछन्। गाईपालन गरेर उनले सदरमुकाम खलंगामा घरसमेत बनाएका छन्। उनले एसईई उत्तीर्ण भएपछि पोखरा हस्पिटालिटी म्यानेजमेन्ट पढे। तर उनको ध्यान जागीरतिर गएन गाउँमै फर्किएर गाई पालन गरे।

उनले सुरुमा चार वटा उन्नत जातका जर्सी गाई पालेर व्यवसाय सुरु गरेका हुन्। बुटवलबाट प्रतिगाई १ लाख १० हजार रुपैयाँ तिरेर जुम्ला पुर्‍याएको उनले बताए। उनको हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योगमा अहिले ४ गाई,५ भैसी,४ पाडी र दुई वटा बाछी छन्  भने फार्मबाट उत्पादन भएका बाच्छाबाच्छी अन्य किसानलाई बेच्ने गरेका छन्।  

दूध बिक्रीमा कुनै समस्या छैन, झन्डै ७० प्रतिशत ग्राहकको घरमै उनले दूध पुर्‍याइदिन्छन् भने बाँकी ३० प्रतिशतजति दूध डेरीले खरिद गरिरहेको छ। गाईपालनमा उनलाई पत्नी रजना बुढाले पनि साथ दिएकी छिन्। बीएड चौथो वर्षमा अध्ययनरत रजनाले गाईपालनले परिवारमा आर्थिक समृद्धि ल्याएको बताइन्। उनका अनुसार सबै खर्च कटाएर महिनामा कम्तीमा १ लाख ५० हजार रुपैयाँ बचत हुन्छ।

रजना भन्छिन्,'गाईका लागि नेपालगन्जबाट दाना ल्याउँछौं, २५ रोपनी जग्गा भाडामा लिएर घाँसखेती पनि गरिरहेका छौं। बजार र भाउको समस्या नभएपछि व्यवसायमा हौसला मिलिरहेको छ।'

गाईका लागि दाना पनि बाहिरबाट ल्याउनुपर्दा ढुवानीमा समस्या भएको उनले बताइन्। अहिलेसम्म कुनै सरकारी तथा गैरसरकारी निकायबाट अनुदान नपाएको उनको भनाइ छ।  

प्रकाशित: १४ जेष्ठ २०८० ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App