१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खाँडाचक्र नगरपालिकामा हाकिम खोज्दै सेवाग्राही

खाँडाचक्र नगरपालिकाको कार्यालय कालिकोट ।

बिहिबार साढे एघार बजे तिर जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाको कार्यालयमा एकजना सेवाग्राही पुगे। उनी कार्यालयमा पुग्दा कार्यालयमा कोही कर्मचारी पनि थिएनन्। उनले भने ‘हाकिम कहाँ हुनुहुन्छ । लेखा शाखामा लेखापालहरु मात्र थिए। लेखापालले थाहाँ नभएको बताए।'  

उनी दिनभर प्रमुख प्रशासकीय अधिकृतलाई खोज्दै नगरपालिका बसे। उनको पर्खाइ दिन भर रह्यो । न प्रमुख प्रशासकीय अधिकृत (हाकिम) आए न जनप्रतीनिधि आए न अरु शाखाका कर्मचारी आए। उनले भने ,'अधिकांश सेवाग्राहीहरुले प्रत्यक दिन हाकिमको खोजि गर्ने गरेका छन्।'

सानो तिनो काम योजना तथा विकास रकमको भुक्तानी लिन आउने सेवाग्राहीले हामिम नहुदा समस्या खेप्नुपर्ने बाध्यता रहेको छ। नगरपालिकाले राखेका करार कर्मचारी पनि कार्यालयमा आउदैनन्।  

नगरपालिकामा नागरिकको हितमा केही काम गरेको छैन। केही सेवा लिन आउने सेवाग्राहीले एक हप्ता अनिर्वाय रुपमा प्रखिनुपर्ने बाध्यता रहेको बताउँछन्।  

नगर प्रमुख कमल शाही, र उपप्रमुख गणेश शाहीले नगरपालिकालाई भर्ति केन्द्र बनाएका छन् । नगरपालिकाभरि कर्मचारी मात्र छन। उनीहरु हाजिर लगाउन मात्र नगरपालिकामा आउने गरेका छन्।

उनीहरुको खातामा तलब भत्ता धमाधम जाने गरेको एक कर्मचारीले बताए। उनले भने नगरपालिकामा हरीविजोक छ । नगरप्रमुले आफ्नो क्षेत्र दाहाँमा सामान्य देवता पुज्ने थानको लागि ३८ लाख छुटाएर थान निर्माण सुरु गरेका छन्। नगरपालिकाको विकासे बजेट बाट एउटा थान निर्माण गर्नको लागि यति सम्म बजेट पठाएका छन्।  

बाँकी अवस्था सबै भन्न सकिने छैन। नगरपालिकामा विवाद मात्र छ। नगरपालिकाले बार्षिक ५० लाख घर भाडा तिर्छ। प्रशासकीय भवन आवश्यक थियो। मन्दीर निर्माणको लागि ३८ लाखको योजना दिन्छन्। नगरपालिका भित्रकामा स—साना समस्या सामाधानमा कसैको चासो छैन।  

कामको भुक्तानी लिन आएका एकजनाले भने ‘नगरापलिकामा हाकिम पनि छैनन्। सबै शाखाहरु खाली छन्। कुनै जनप्रतिनिधि पनि छैनन्।

प्रकाशित: १२ जेष्ठ २०८० ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App