७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

पशुपतिनाथ हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा सम्पन्न

फाईल तस्बिर

मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ।राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो।

आज  बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा एक लाख २५ हजार शिवलिङ्ग बनाएर पूजाआजा गरिएको थियो । बनारसबाट आएका दुईजना पण्डितहरूसहित अन्य सातजना स्वदेशस्थित मधेसी र पहाडी ब्राह्मणको संलग्नतामा चण्डी र रुद्री पाठसहित हवन गरिएको संस्थाका अध्यक्ष ललन ठाकुरले जनाए।

पार्थिव शिवलिङ्ग पूजामा नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधिले सहभागिता जनाएका थिए । उनले संस्थाले विगतदेखि गरेका कामको प्रशंसा गर्दै काठमाडौँसम्म आएर पूजापाठ, तथा हवन गरेकामा खुसी जनाए। लामो समयदेखि संस्थामा ठूलो योगदान पुर्याएका राजेन्द्र झा, नवराज घिमिरे, उदयकान्त झा, हर्षित मिश्र र द्रवेश ठाकुरलाई सांसद निधिले सम्मान गरे।

संस्थाले यसअघि २०७४ सालमा जनकपुरको रङ्गभूमि बाह्रबिघामा एकै दिन १० हजार भक्तजनको उपस्थितिमा पार्थिव शिवलिङ्ग पूजाआज गरेको थियो ।आगामी दिनमा सोही किसिमको पूजा काठमाडौँमा पनि गर्ने योजना रहेको अध्यक्ष ठाकुरले जानकारी दिए।

बोलबम परिवार संस्थाले देशभित्र जनकपुरस्थित प्रसिद्ध राम–जानकी मन्दिर, डोलेश्वर, जलेश्वर, छिरेश्वर, सत्तोखर, इटहरवा महादेव मन्दिरसहित विभिन्न धार्मिक मठमन्दिर र छिमेकी मित्रराष्ट्र भारतको अयोध्यासहितका धार्मिक नगरीमा यस किसिमको पार्थिव शिवलिङ्ग पूजाआजासहित धार्मिक अनुष्ठान कार्य सम्पन्न गरेको छ।

प्रकाशित: ११ जेष्ठ २०८० १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App