१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लामा बसको ठक्करबाट एक जनाको मृत्यु

जुम्लामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वर्ष ३९ को छानविर गुरुङ रहेका छन्।

उनी गोर्खाको धार्चे गाउँपालिका- २ का स्थानीय बासिन्दा हुन्। उनको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए।

मृतक गुरुङलाई बुधबार साँझ ५ बजे जुम्लाको कनकासुन्दरी गाउँपालिका-६ गोठिज्युलामा भे १ ख २९९३ नम्बरको बसले ठक्कर दिँदा घाइते भएका थिए।

बस चालक मनिराम चौलागाईलाई घटना स्थलबाटै पक्राउ गरी जिल्ला अदालत जुम्लाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०८० १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App