६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बुढ्ढीमा प्रहरी चौकी स्थापना

कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ४ बुढ्ढीको हुनुमान चोकमा प्रहरी चौकी स्थापना भएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले चौकी भवनको रिबान काटी शिखालेखमा छोपिएको कपडा उघारेर उदघाटन गरे। २०७६ असोज ७ गते नेपाल सरकारको मन्त्री परिषदले प्रहरी चौकी बुढ्ढी राख्ने निर्णय गरेको थियो। 

जग्गा र भवन अभावले चौकी स्थापना हुन सकेको थिएन। सो अवसरमा डिआईजी जोशीले चौकी स्थापनाले बुढ्ढी क्षेत्रको शान्ति सुरक्षा सहीत अन्य विकासमा समेत मद्दत मिल्ने बताए। उनले चौकी स्थापनाले यस क्षेत्रको शान्ति सुरक्षा, अमनचयन अपराध नियन्त्रण हुने भन्दै प्रहरी पनि आफनो बोली बचनमा दरिद्र हुन नहुने बताए। उनले सुरक्षाको अनुभुति हुनु पर्ने भन्दै उनले घटना बारे प्रहरीलाई सही सयमा सुुुसुचित गर्न आग्रह गरे। सो अवसरमा मेयर केशव कुमार श्रेष्ठले नगरपालिका कै केन्द्रमा रहेको प्रहरी चौकीले नगर कै शान्ति सुरक्षाकालागि मद्दत मिल्ने बताए।

 उनले नगरपालिकाले प्रहरीसंग हातेमालो गरेर काम गर्ने बताए। कार्यक्रम मै मेयर श्रेष्ठले डिआईजि जोशीलाई भवनको साचो समेत हस्तान्तरण गरेका थिए। सो भवनमा नगरपालिकाको कृषि र पुश सेवाको ईकाई संचालन हुदै आएको थियो। सोही भवनमा मर्मत संभार गरी चौकी भवन निर्माण गरिएको हो। 

मेयर श्रेष्ठको अध्यक्षता प्रहरी निरीक्षक शैलेश्वरी बाहोराको संचालनमा भएको कार्यक्रममा प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, प्रशासकीय अधिकृत निर्मल पोख्रेल, वडा नम्बर ४ का अध्यक्ष सुशिल चौधरी लगायतले शुभकामना मन्तब्य दिएका थिए। कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी लगायत सुरक्षा समितिका पदाधिकारीहरु लगायतको सहभागीता थियो। १५ जनाको दरबन्दी रहेको चौकीमा हाललाई ७ जना मात्र कार्यरत छन।  

प्रकाशित: १० जेष्ठ २०८० १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App