७ वैशाख २०८१ शुक्रबार
समाज

सगरमाथा चढेर विश्व कीर्तिमान बनाइ फर्किए दुवै खुट्टा नभएका हरिबहादुर बुढा (तस्बिरहरू)

दुवै खुट्टा नभएका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढाले सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरि आज काठमाडौं फर्किएका छन्। उनले शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेका थिए। 

बेलायती सेनामा जागिर खाने क्रममा ८ वर्षअघि अफगानिस्तानस्थित हेलमान प्रान्तको आक्रमणमा परी बुढाले दुवै खुट्टा गुमाएका थिए। उनले यसअघि २०१६ मा सूर्य कुण्ड हिमाल नेपाल, बेन नेभिस स्कटल्याण्ड, माउन्ट ब्ल्याडक फ्रान्स हुँदै नेपालको थोराङलापाससम्म पुगिसकेका छन्।

अपांगता भएकाहरु असक्षम हुँदैनन् भन्ने देखाउनको लागि आफूले सगरमाथा चढेको उनले बताए। उनको काठमाडौंमा भव्य स्वागत गरिएको छ। सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै  मगर समूदायले झाँकीसहित उनकाे स्वागत गरेकाे थियो।

हेर्नुस् नागरिकका लागि प्रसन गुरूङले खिचेका तस्बिरहरूः

 

प्रकाशित: ९ जेष्ठ २०८० ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App