७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

शुभम फाउण्डेशनबारे छानबिन गर्न समिति गठन

यौन दुर्व्यवहार आरोपमा साता दिन अघि पक्राउ कृषि विज्ञ डा. मदन राईद्वारा सञ्चालित ‘शुभद्रा–मदन फाउण्डेशन (शुभम) ’बारे नगरपालिकाले छानबिन समिति गठन गरेको छ। 

आफ्नो नगर क्षेत्रभित्र सञ्चालित संस्था र सञ्चालकको विषयमा चरणबद्ध समाचार सामग्रीहरु प्रकाशन प्रसारण हुने क्रम नरोकिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले छानबिन समिति गठन गरेको हो।

दिक्तेल रुपाकोट मझुवागढी २ सोल्मास्थित सञ्चालित फाउण्डेसनमा अध्ययनरत किशोरी तथा बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि गत वैशाख २९ गते राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। राई पक्राउ परेसँगै विभिन्न सञ्चार माध्यामहरुमा उनी र फाउण्डेशनसँग सम्बन्धित व्यक्तिहरुको विषयमा सिलसिलेवार समाचार सामग्री प्रकाशित, प्रसारित भइरहेको विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको नगरपालिकाले जनाएको छ।

फाउण्डेशनका संरक्षक राई र प्रबन्ध निर्देशक सूर्य राईविरुद्ध सिलसिलेवार समाचार प्रकाशन प्रसारण भएकाले सत्य तथ्य पत्ता लगाउन दिक्तेल रुपाकोट मझुवागढी १२ जालपाका वडाध्यक्ष दानबहादुर राईको संयोजकत्वमा छानबिन समिति गठन गरेको नगर प्रवक्ता निदेश घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार राईद्वयविरुद्ध प्रकाशित समाचारहरुको सत्य तथ्य के हो भन्ने पत्ता लगाउन समिति बनाइएको हो।

समितिलाई सत्य तथ्य छानबिन गरी प्रतिवेदन नगरपालिकामा बुझाउन निर्देशन दिइएको छ। नगरपालिकाले फाउण्डेसनको घटना प्रकरणमा सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण गर्दा र सामाजिक सञ्जालमा प्रस्तुत गर्दा पूर्वाग्रहमा आधारित नभई तथ्यको आधारमा गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ। विज्ञप्तिमा शुभमले सञ्चालनमा ल्याएको विद्यालयको वैकल्पिक तथा व्यवहारिक शिक्षा अभियान उल्लेखनीय र अनुकरणीय रहेको पनि दाबी गरेको छ।

देशभर नमुना विद्यालयको रुपमा सञ्चालित विद्यालय नगरपालिकाका लागिसमेत गौरवको विषय भएको भन्दै विज्ञप्तिमा विद्यालयसँग जोडिएको घटनाक्रमको शृङ्खलाबद्ध प्रकाशन र प्रशारणले विद्यालय र विद्यार्थीको भविष्यसमेत जोडिने हुनाले प्रचार सामग्री बनाउँदा पूर्वाग्रह नमिसाई जिम्मेवारीपूर्वक प्रस्तुत हुन आव्हान गरिएको छ।

शुभमकी एक छात्राले संरक्षक राईबाट आफूमाथि विभिन्न समयमा यौन दुर्व्यवहार गरेको किटानी जाहेरी काठमाडौँबाट दर्ता गरेपछि उनी फाउण्डेसनबाटै पक्राउ परेका थिए। उनको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी खोटाङका प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताएका छन्। अदालतबाट साता दिनको म्याद लिएर अनुसन्धान भइरहेको भन्दै डिएसपी मुकारुङले वास्तविक निचोडमा पुग्न समय लाग्ने बताएका छन्।

यता फाउण्डेसनका प्रबन्ध निर्देशक सूर्य राईमाथि पनि यौन दुर्व्यवहार आरोप लागेकोमा २ नं. वडा कार्यालय सोल्माको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। वडा कार्यालयले जेठ ५ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेँढाईलाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले प्रबन्ध निर्देशक राईको व्यक्तिगत चरित्र हत्या गर्ने तथा सिङ्गो संस्थालाई बदनाम गराउन कपोलकल्पित र भ्रामक समाचार प्रकाशन, प्रसारण भइरहेको भन्दै त्यसप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको सिडिओलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ।

कृषि विज्ञ राईले जीवनोपयोगी शिक्षा दिने उद्देश्यले शिक्षाकै लागि जीवन समर्पित गर्ने निर्णय गरेको व्यक्तिहरूलाई नियोजित रुपमा फसाउन हतोत्साहित गर्ने तथा समाज रूपान्तरण अभियानमा अतुलनीय योगदान पु र्‍याउन खोज्ने पवित्र संस्थालाई खारेज गर्नेसम्मको गलत नियतले काम गरिरहेको वडाले गरेको छ। फाउण्डेसनविरुद्ध परिचालित पक्षलाई छानबिनको दायरामा ल्याउन सिडिओसमक्ष माग राखेको बताएका छन्।

प्रकाशित: ८ जेष्ठ २०८० ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App