८ वैशाख २०८१ शनिबार
समाज

नारायणको वेबसाइटमा चरम लापरबाही: एक वर्षदेखि नगरप्रमुखकाे ठाउँमा उपप्रमुख

१ वर्षदेखि मर्यादाक्रम र शुद्धाशुद्धी गलत भएको नारायण नगरपालिकाको वेबसाईट । तस्विर: गोविन्द केसी-नागरिक

वेबसाइटलाई छिनभरमै सुचना सन्देश र जानकारी दिने साईटका रुपमा लिईने गरिन्छ । तर, दैलेखको नारायण नगरपालिकाको वेबसाईटमा १ वर्षदेखि नगर प्रमुखको ठाउँमा उपप्रमुख राखिएको पाईएको हो।  

वेबसाईटमा अंग्रेजी र नेपाली संस्करणमा गल्तीहरु थुप्रो देख्न सकिन्छ। नियमित अपडेट हुनु त के जनप्रतिनिधिको मर्यादाक्रम र शुद्धाशुद्धी पनि ख्याल गरिएको छैन। सुशासन ऐनले हरेक सार्वजनिक सूचनाहरु वेबसाईट मार्फत प्रकाशन गर्न बाध्यकारी व्यवस्था पनि गरेको छ। वेबसाइट नियमित अपडेट गर्न सूचना प्रविधि अधिकृत नियुक्ति गरिएका प्रकाश बुढा गैरजिम्मेवार बन्दा नारायणको वबेसाईटमा लापरबाही भएको हो। नगर प्रमुख लोमन शर्मालाई अंग्रेजीमा डेपुटी मेयर लेखिएको छ। त्यो पनि मर्यादाक्रम मिचेर उपप्रमुखको ठाउँमा राखिएको छ। नगर प्रमुखको फोटो सहित नाम राख्नुपर्ने ठाउँमा उपप्रमुख तप्ता थापाको नाम नेपालीमा राखिएको छ। नगर प्रमुखको पद अंग्रेजीमा नगर उपप्रमुखको नेपालीमा राखिएको पाईएको छ। त्यस्तै वेबसाईटमा उपप्रमुखको मोबाईल नम्वर नै गलत राखिएको छ।  

पहिलो पेजमा प्रमुख, उप–प्रमुख, प्रमुखप्रशासकीय अधिकृत, प्रवक्ता, सूचनाअधिकारीको तस्बिरसहितको नाम, इमेल ठेगाना, सम्पर्क नम्बर लगायतका सूचना राख्नुपर्छ। तर नारायणको वेबसाइटमा नगर प्रमुख र उपप्रमुखको मर्यादाक्रम नमिल्दोसहित धेरै गल्ती गरि राखीएको छ। वेबसाइटमै छिटो छरितो हेर्न मिल्ने गरी मुख्य–मुख्यपदाधिकारीको विवरण पहिलो पेजमै राख्नुपर्ने भएपनि झारा टार्ने गरी वेबसाईट बनाउँदा नागरिकले सुचना नपाउने गरेको सरोकारवालाहरु बताउँछन्।  

 

नारायण नगरपालिकाको वेबसाइटमा चार आर्थिक आर्थिक वर्षको राजस्वका दररेट, पहिलो नगरसभाका निर्णय र २०७६÷७७ पौष र माघ महिनासम्मकानगर पालिका बैठकका निर्णयहरुमात्र अपडेट गरेको छ। अंगे्रजी संस्करण भनेपनि दस्तावेजहरु सबै नेपाली राखिएको छ। महत्वपूर्ण शब्दहरु अशोभनीय देखिने गरी अशुद्ध लेखिएको पाइएको छ। शब्दहरुमा सामान्यदेखि पढ्दा अनर्थ लाग्ने सम्मका गल्तीहरु वेबसाईटमा हुँदासमेत जनप्रतिनिधि र कर्मचारीले सच्याउन सकेका छैनन्। वेबसाइटमा भएको लापरबाहीबारे प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले आफूले हेरेर सच्याउने प्रतिक्रिया दिए।  

प्रकाशित: ८ जेष्ठ २०८० ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App