१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कर्णाली नदीमा डुबेर एक युवकको ज्यान गयो

कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ स्थित कर्णाली नदीको दौलतपुर घाटमा डुबेर आज एक युवकको ज्यान गएको छ।

टीकापुर नगरपालिका वडा नं. ५ प्रेमनगरका १७ वर्षीय अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले साढे २ बजेतिर नुहाउने क्रममा डुबेका चौधरीको शव दौतलपुर घाट छेउमा फेला पारिएको बताए।

प्रकाशित: ६ जेष्ठ २०८० १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App