१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कुपोषित बालबालिका खोज्दै गाउँपालिका

फाइल तस्बिर

बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिका खोज्न थालेको छ । गाउँपालिकामा रहेका कुपोषित बालबालिकाको स्वास्थ्य अवस्था सूधारको लागि घरघरमा पुगेर कुपोषित बालबालिका खोज्न थालेको हो ।

जेड स्कोरिङ विधिबाट कुपोषित बालबालिकाहरुको खोजी गर्ने कार्य सुरु भएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुको चेकजाँच गरेर कुपोषित भेटिएमा उनीहरुलाई उपचार ल्याउन सहज भन्दै अभियानको रुपमै अघि बढाएको उनले जानकारी  दिए ।

स्वास्थ्य चेकजाँचका क्रममा कुपोषित भेटिएका बालबालिकाहरुलाई पोषिलो खानेकुरा खुवाउनका लागि अभिभावकहरुलाई जानकारी दिने गरिएको छ । शीघ्र कुपोषित भएका बालबालिकाहरुलाई नजिकका स्वास्थ्य संस्थामा रहेका ओटीसी सेन्टरमा लगेर उपचार गर्ने, पोषिलो खानेकुरा आरयुटीएफ दिने र उपचारका लागि अन्यत्र लैजानुपर्ने भएमा रेफर गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

कुपोषित भएका बालबालिकाहरुको उपचारका लागि आर्थिक समस्या भएका परिवारलाई केही प्रोत्साहन गर्ने समेत पालिकाको नीति रहेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । गाउँपालिकालाई कुपोषणरहित गाउँपालिका बनाउने अभियान अन्तर्गत कुपोषित बालबालिकाहरुको खोजी गर्ने कार्य भइरहेको बताइएको छ । बालबालिका कुपोषित भएमा भोलिका दिनमा समस्या आउने भएकाले उनीहरुलाई समयमै पौष्टिक खाना र आवश्यक उपचारमा पहुँच पुगोस भनेर यो अभियान सुरु गरिएको हो ।  

 

प्रकाशित: ४ जेष्ठ २०८० ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App