२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लामो दुरीको यातायात भाडादर घट्यो (नयाँ भाडादरसहित)

फाइल तस्बिर

सरकारले लामो दुरीको  यात्रुबाहक र मालबाहक गाडीको भाडा घटाएको छ। आजदेखि नै लागु हुने गरी भाडादर घटेको जानकारी यातायात व्यवस्था विभागले एक सुचना मार्फत दिएको छ।  

मंगलबारमात्र डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेको थियो। पेट्रोलियम पदार्थको मुल्य घटेसँगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो।

विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ।

नयाँ भाडादर हेर्न यहाँ क्लिक गर्नुस् 

प्रकाशित: ३ जेष्ठ २०८० ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App