१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धरानबाट २ थान पेस्तोलसहित ३ जना पक्राउ

प्रहरीले धरानबाट २ थान पेस्तोलसहित तीन जना युवालाई पक्राउ गरेको छ। घरमा हतियार लुकाई राखेको भन्ने बिशेष सुराकीको आधारमा आइतबार राती इलाका प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर(आरआइटी)बाट खटिएको संयुक्त टोलीले छापा मारेर हतियारसहित ३ जना पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धरान १७ डाँडाघोपाका २९ बर्षीय हुकमेन जिमी र २४ बर्षीय दिपक जिमी रहेका छन्। उनीहरु नाताले दाजुभाई हुन्। अर्का धरान १५ सहिद मार्गका २४ बर्षीय रोहित राई रहेका छन्। उनीहरुको साथबाट एउटा विवरण नखुलेको पेस्तोल र अर्को मेड इन इटाली लेखिएको स्वचालित पेस्तोल वरामद भएको डिएसपी नवराज मल्लले जानकारी दिए।

डिएसपी मल्लका अनुसार ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुको कमाण्डमा प्रहरीले धरान १७ स्थित हुकमेन र दिपक जिमीको घरमा छापा मारेको थियो। हुकमेनले पेस्तोल ल्याएको स्वीकार गर्दै भाई दिपकले घर पछाडि पश्चिमतर्फ सर्दु खोला नजिक झाडीमा लुकाएको वयान दिएका थिए। प्रहरीले उक्त स्थानमा विवरण नखुलेको एक थान पेस्तोल वरामद गरेको पनि डिएसपी मल्लले जानकारी दिए।

सोधपुछको क्रममा थप एक थान पेस्तोल धरान १५ का रोहित राईलाई राख्न दिएको खुलेपछि प्रहरीले उनको घरमा पनि छापा मारेको थियो। रोहितको कोठा तलासी लिदा लुकाएर राखेको अवस्थामा मेड इन इटाली लेखिएको स्वचालित पेस्ताले फेला परेपछि उनलाई पनि नियन्त्रण लिएको डिएसपी मल्लले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजना सम्बन्धी कसुर अन्तर्गत सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि डिएसपी मल्लले बताए।

प्रारम्भिक अनुसन्धानबाट हतियार कारोबारको मुख्य प्रतिवादी हुकमेन जिमी रहेको पनि प्रहरीले जनाएको छ। उनकै माध्यमबाट हतियार अन्यमा पुगेको पनि डिएसपी मल्लले बताए। रोहित र हुकमेनक भर्खर मात्र चिनजानको साथी भएको पनि उनले बताए। ‘अनुसन्धानको प्रारम्भिक अवस्थामा नै छौं। आज भर्खर म्या थप भएको छ, विस्तृत पछि पनि जानकारी दिनेछौं,’डिएसपी मल्लले भने।

प्रकाशित: १ जेष्ठ २०८० १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App