coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खानेपानी अभावले रेक्चा गाउँ रित्तिँदै

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-५ रेक्चाका विष्णु धमला अघिल्लो वर्ष कैलालीको लम्कीमा बसाइँ सरे। पुस्तौंदेखि बस्दै आएको थातथलो छाड्नु उनका लागि रहर थिएन, बाध्यता थियो। उनले बस्ती छाड्नुको एउटै कारण हो, गाउँमा खानेपानीको चरम अभाव हुनु। ‘तिर्खाउँदा घाँटी भिजाउने पानी पाइन छोड्यो’, उनले भने, ‘भएका कुवा सुक्दै जान थालेपछि बस्ती छाडेर कैलाली आएको हुँ।’

उनका नातेदार अविराम धमाला पनि रेक्चाबाट चौकुनेको केन्द्र गुटुमा बसाइँ सरेका छन्। ‘भूगोल राम्रो भएर के गर्नु, पिउनका लागि पानी पनि छैन’, उनले भने, ‘पानी नपाएरै बसाइँ सरेको भन्दा अनौठो लाग्ला, रेक्चाका अधिकांश स्थानीय पानी अभावकै कारण गाउँ छाड्न बाध्य छन्।’

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-५ रेक्चाका विष्णु धमला अघिल्लो वर्ष कैलालीको लम्कीमा बसाइँ सरे।

रेक्चा सुर्खेत पश्चिमको उत्तरी पहाडको टुप्पोमा अवस्थित छ। समथल उपत्यका वरिपरि हरियाली छ। तराईमा फल्ने आँपदेखि हिमालमा फल्ने स्याउ अनि पहाडमा फल्ने सुन्तला रेक्चामा पाइन्छ। रेक्चामा कुनै समय घना बस्ती थियो। अहिले खानेपानी अभावकै कारण बस्ती खाली हुँदै गएको छ। खानेपानीको चरम अभावका कारण स्थानीय बस्ती छोडेर बेंसी तथा अन्यत्र बसाइँ सरिरहेका छन्। पानीको कुनै मुहान नहुनु र भएका पनि सुक्दै जान थालेपछि यहाँका बासिन्दा बर्सेनि बसाइँ सरिरहेका छन्।

पाँच वर्षअघिसम्म रेक्चामा करिब १२० घरधुरी थिए। अहिले ७० घरधुरी मात्रै छन्। पाँच वर्षको अविधिमा ५० घरधुरी रेक्चाबाट बसाइँ सरेका छन्। ‘वर्षको ६ महिना यहाँ मानिसलाई समेत पिउनका लागि पानी हुँदैन’, स्थानीय जितन बिसीले भने, ‘पानी नहुँदा पशु(चौपाया पनि पाल्न समस्या हुन थालेपछि गाउँबाट बसाइँ सर्नेहरू बढ्दै गएका छन्।’ पानी अभावकै कारण यहाँका स्थानीयले चौपाया पाल्न छाडेका छन्।

पाँच वर्षअघिसम्म रेक्चामा करिब १२० घरधुरी थिए। अहिले ७० घरधुरी मात्रै छन्। पाँच वर्षको अविधिमा ५० घरधुरी रेक्चाबाट बसाइँ सरेका छन्।

रेक्चामा रेक्चा, खाडगाडी, हाडकाँध, खेल र ढुंगालोटे बस्ती पर्छ। यी बस्तीबाट प्रत्येक वर्ष बसाइँसराइ गरेर बेंसँ तथा अन्य ठाउँमा सर्ने क्रम बढ्दै गएको छ। यहीं अवस्था रहेमा केही वर्षमा गाउँनै खाली हुने चिन्ता स्थानीयमा छ। बस्तीमा खानेपानीको जोहो गर्नका लागि १८ वटा इनार छन्। तीमध्ये १४ वटा इनार फागुनमै सुकिसके। अब चारवटा इनारमा पानी छ।

पानी बचाउनका लागि स्थानीय दुना-टपरीमा खाना खार्ने गरेका छन्। ‘पानी अड्कलेर खानुपर्छ, भाँडा माझ्नका लागि पानी पुग्दैन’, स्थानीय दिलकुमारी बिसीले भनिन्, ‘त्यसैले दुनामा दाल र टपरीमा भात खाने गरेका छौं।’

पानी देखिने चारवटा कुवाको पानी पनि दुषित छ। स्थानीय गजराज बिसी पानी दुषित भए पनि छानेर खाने गरेको बताउँछन्। इनार सुक्दै जान थालेपछि घरको संख्या हेरेर पानी दिने गरिएको छ। ‘बढीमा एक दिनमा दुई गाग्री पानी भाग लाग्छ’, उनले भने, ‘त्यसैले खाना पकाउने, खाने लगायतका आवश्यकता पूरा गर्नुपर्छ।’

रेक्चामा रेक्चा, खाडगाडी, हाडकाँध, खेल र ढुंगालोटे बस्ती पर्छ। यी बस्तीबाट प्रत्येक वर्ष बसाइँसराइ गरेर बेंसँ तथा अन्य ठाउँमा सर्ने क्रम बढ्दै गएको छ।

पानी चोरी हुने डरले कुवामा ताला लगाउने गरिएको छ। पानी चोरी नहोस् भन्नका लागि गाउँलेले चौकीदार राखेका छन्। ‘चौकीदारले घरको जनसंख्या हेरेर बढीमा दुई गाग्रीसम्म पानी दिन्छन्, कुवाको सुरक्षा गर्छन’, उनले भने, ‘त्यसबापत हरेक घरले एकएक पाथी गहुँ दिने गरेका छौं।’

गाउँमा हुने विवाह, व्रतबन्ध तथा मृत्यु संस्कारमा भने केही बढी गाग्री पानी दिने गरिएको छ। चौकीदार जगत शाहीले बिहान ६ बजेदेखि १० बजेसम्म पानी वितरण गर्ने गरिएको बताए।

पुसदेखि असार महिनासम्म चौकीदार राख्ने गरिएको छ। ‘अरू बेला इनार भरिएर पानी बाहिर आउँछ, खानेपानी अभाव हुँदैन’, उनले भने, ‘पानीको अभाव हुने समय आएपछि चौकीदार राख्ने गरिएको छ।’ दुई गाग्रीभन्दा धेरै पानी आवश्यक परे पाँच घन्टा लगाएर रानागैराबाट पानी ल्याउनुपर्ने बाध्यता यहाँ छ।

लिखित जवाफ माग

उच्च अदालत सुर्खेतले वर्षौंदेखि खानेपानी अभाव भोग्दै आएका रेक्चा गाउँका नागरिकलाई दैनिक न्यूनतम खानेपानी आपूर्तिका लागि प्राविधिक प्रतिवेदनसहित लिखित जवाफ पेस गर्न चौकुने गाउँपालिकालाई आदेश दिएको छ।

मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलको एकल इजलासले चौकुने गाउँपालिका-५ का बासिन्दाका लागि दैनिक न्यूनतम खानेपानी आपूर्ति गर्न के-कस्तो प्रबन्ध गर्न सकिन्छ? सोको विवरण प्राविधिकसमेतको सहयोगमा तयार गरी लिखित जवाफका साथ प्रतिवेदन पठाउन चौकुने गाउँपालिकालाई आदेश दिएको हो।

मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलको एकल इजलासले चौकुने गाउँपालिका-५ का बासिन्दाका लागि दैनिक न्यूनतम खानेपानी आपूर्ति गर्न के-कस्तो प्रबन्ध गर्न सकिन्छ?

वर्षौंदेखि खानेपानी अभाव भोग्दै आएका रेक्चाका नागरिकलाई दैनिक पानी पुर्‍याउने बन्दोबस्तका लागि अन्तरिम आदेश माग गर्दै अधिवक्ता प्रकाशबाबु ऐडी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र चौकुने गाउँपालिकाविरुद्ध उत्प्रेषण परमादेश माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

कामु मुख्य न्यायाधीश पोखरेलको इजलासले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत र चौकुने गाउँपालिकालाई आफैं वा कानुन व्यवसायी मार्फत १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ। रिट निवेदनद्वयले रेक्चाका नागरिक न्यूनतम मानवीय आवश्यकताभित्र पर्ने स्वच्छ खानेपानीका लागि प्रताडित भइरहेको बताउँदै रेक्चाका ९० घरधुरीलाई तत्काल खानेपानी उपलब्ध गराउन अन्तरिम आदेश माग गर्दै रिट निवेदन दिएका थिए।

प्रकाशित: ३१ वैशाख २०८० ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App