५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बजेट, नीति, कार्यक्रमका लागि क्यूआरमार्फत सुझाव

देशैभरका स्थानीय तह आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट, नीति तथा कार्यक्रमको तयारीमा रहेको छ।  

धेरै स्थानीय तहले टोलटोलमा पुगेर सर्वसाधारणको गुनासो सुन्दै सुझाव, सल्लाह लिने कार्य गरिरहेको छ। यस्तैमा हेटौंडा उपमहानगरपालिकाले भने नयाँ प्रयोग गर्ने भएको छ।

उपमहानगरले बजेट, नीति तथा कार्यक्रमका लागि नगरबासीको सुझाव, सल्लाह संकलन गर्ने उद्देश्यसहित क्यूआर कोड सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले यही क्यूआर कोडमार्फत सुझाव, सल्लाह संकलन गर्ने भएको छ। उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रमहरु तय गर्नका लागि सुझाव सल्लाह संकलन गर्ने उद्देश्यसहित क्यूआर कोड सार्वजनिक गरेको हो।

बजेट, नीति तथा कार्यक्रमका लागि उपमहानगरले विभिन्न चरणमा विषयगत समिति, शाखा, महाशाखागत रुपमा छलफल समेत गर्दै आइरहेको छ। अगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्राविधिक दृष्टिले सामाजिक रूपमा सन्तुलित एवम् राजनैतिक रूपमा स्वीकार्य विकास प्राप्तिका लागि समन्वय कायम गर्दै विकासका साझा गन्तव्य र प्राथमिकता चयन गर्ने योजनामा उपमहानगरपालिका रहेको मेयर मीनाकुमारी लामाले बताइन्।

नगरवासीले उपमहानगरपालिकाको आगामी नीति, कार्यक्रम तथा बजेटप्रति आम धारणा एवम् महत्वपूर्ण सुझाव क्यूआर मार्फत संकलन गरिने उनले बताइन्। प्राप्त सुझावलाई मनन् गर्दै अघि बढन् योजना मुताविक क्यूआर सार्वजनिक गरिएको उनको भनाइ छ। सुझाव प्रदान गरी समृद्ध र विकसित उपमहानर बनाउने योजनामा सहभागी हुन उनले उपमहानगरबासीलाई अनुरोध समेत गरिन्।

‘उपमहानगरपालिकाले बनाउने बजेट, नीति तथा कार्यक्रममा हेटौंडा उपमहानगरबासीको सहभागिता रहोस् भन्ने उद्देश्यले क्यूआर कोड सार्वजनिक गरेका हौं। आफूलाई लागेको सुझाव, सल्लाह वा गुनासोलाई क्यूआर गरेर टिपाउन सकिनेछ’, मेयर लामाले भनिन्, ‘यसमा सहभागी भैदिनुहुन म आम नगरबासीमा अनुरोध गर्दछु।’ उपमहानगरबासीको महत्वपूर्ण सल्लाह, सुझावलाई आत्मसाथ गरी अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छिन्।  

प्रकाशित: २९ वैशाख २०८० १२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App