१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरीको सचेतना कार्यक्रम गाउँगाउँमा

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका प्रहरी कार्यालयहरुले गाउँगाउँमा सचेतना कार्यक्रमहरु गरिरहेका छन्। प्रहरीले समुदाय, विद्यालयमा पुगेर बाल विवाह, ट्राफिक नियम, लागु औषध, घरेलु हिंसा, आत्महत्या, सवारी दुर्घटना, साईबर अपराध, लागु औषध र यात्रु सुरक्षा अभियान सम्बन्धी विषयहरुमा सचेतनामुलक कार्यक्रम गरेको हो।

कर्णाली प्रदेश प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रमलाई ब्यापकता दिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेत अन्र्तगत ४ वटा, जाजरकोटमा २ वटा, दैलेखमा ८ वटा, रुकुम (पश्चिम) मा ५ वटा र  मुगुमा २ वटा स्थानहरुमा बाल विवाह, ट्राफिक नियम, लागु औषध, घरेलु हिंसा, आत्महत्या, सवारी दुर्घटना सम्बन्धि, लागु औषध सम्बन्धी विषयहरुमा सचेतनामुलक कार्यक्रम गरिएको हो। 

कार्यक्रममा स्थानियहरू, जनप्रतिनिधीहरु, राजनीतिक दलका प्रतिनिधि, व्यपारीहरु, समाजसेवी, शिक्षक तथा विद्यार्थीहरु सहभागी थिए। सुर्खेतमा गुर्भाकोट नगरपालिका –१४ र ३  वडामा बाल विवाह न्यूनिकरण, भेरीगंगा नगरपालिका– १२ को देउती विद्या मन्दिर बोर्डिङ स्कुलमा बाल विवाह र लागुऔषध दुव्र्यसनी, लेकवेशी नगरपालिका र सिम्ता गाउँपालिकामा यात्रु सुरक्षा अभियान सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको जनाईएको छ। 

त्यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१, ९ र १४ वडामा महिला हिंसा,  साईबर अपराध, ट्राफिक नियम पालन तथा सवारी दुर्घटना न्यूनीकरण साथै जनशिक्षा आधारभुत विद्यालयमा चौखावाङमा बाल विवाह तथा  बाल यौन दुराचार सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको थियो। मुगुको छायाँनाथ रारा नगरपालिका –१४ वडा र खत्याड गाउँपालिका –८ वडामा आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना गराईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

   त्यस्तै दैलेखको भगवतीमाई गाउँपालिकाको श्री ज्वाला मावि तथा नारायण नगरपालिका –१० र ११ वडामा लागु औषध, गुराँस गाउँपालिका– ४ वडामा र डुगेश्वर गाउँपालिका – ५ सवारी दुर्घटना तथा ठाँटीकाँध गाउँपालिका– १ वडामा बाल विवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको थियो। जाजरकोटमा कुशे गाउँपालिका – ५ वडामा  घरेलु हिंसा र शिवालय गाउँपालिका –३ वडामा बहुविवाह सम्बन्धी विषयहरुमा कार्यक्रम गरिएको हो।  

सबै कार्यक्रममा १ हजार बढी सहभागी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०८० ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App