१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

साथीलाई हत्या गरेको आरोपमा दुईजना पक्राउ

जनकपुरधाम उपमहानगरपालिका ७ का २४ वर्षीय मोहमद गुलाम मंसुर भन्ने रवानी मंसुरको मृत्यु प्रकरणमा उनकै साथीको संलग्नता देखिएको छ।विहीबार धनुषा प्रहरीले उनको मृत्युमा संलग्न अनुज तिवारी र जियाउल राइनलाई सार्वजनिक गरेको हो ।यद्यपी यस घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेका छन्।

मृतक रवानीसँग अन्तिम पटक अनुज र जियावुल मात्रै देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जनकपुरधाम ७ जानकीनगरका २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राईन, वडा नं ८ का ३१ वर्षीय राजकुमार साह र नगराईन नगरपालिका २ बस्ने २१ वर्षीय जितेन्द्रकुमार मण्डललाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।उनका अनुसार उनीहरु सबै जना लागु औषध प्रयोग गर्ने साथी हुन्।

लागु औषध सेवन गर्ने क्रममै विवाद हुँदा रवानीको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनीहरुबीच चुरोट तान्ने विषयलाई लिएर विवाद भएको थियो ।मृत्यु भएको रात उनीहरु सबै जना धनुषाको जटही नाकाबाट लागूऔषध सेवन गरेर आएका थिए ।राति १ बजे जनकपुरधाम २३ लादोमा चुरोट किनी सोही स्थानमा निर्माणाधीन रहेको पक्की घरको दोस्रो तल्लामा चढेर गाँजा सेवन गरेका थिए ।अन्त्यमा चुरोट तान्ने विषयमा विवादहुँदा मंसुर लडेको र उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८० १५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App