coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भीडन्तका गोली लागी प्वाल नै प्वाल परेको पोल १७ बर्षपछि बेनीमै ल्याइने

अन्ततः लामो प्रयासपछि २०६० चैत ७ गते तत्कालीन नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको भीडन्तमा परेको विद्युत्को पोल फिर्ता ल्याइने भएको छ। बेनीको मंगलाघाट बजारको प्रवेशद्धारको सडकमै रहेको तत्कालिन नेपाली सेनाको कालीप्रसाद गणको सेन्टीपोष्ट नजिकै रहेको बिजुलीको पोलमा भीडन्तका क्रममा सयौं गोली लागी प्वाल नै प्वाल परेको थियो। उक्त पोल विद्युतका कर्मचारीको मिलेमतोमा ललितपुरस्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा पुर्याइएका थियो। चरणबद्ध दवाब र स्थानीय तहका जनप्रतिनिधिको प्रयासमा पोल फिर्ता आउने भएको हो।

पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले मंगलबार जिल्ला समन्वय समिति म्याग्दीलाई पत्र पठाउँदै यालमाया केन्द्रमा संरक्षित’ यूद्धका बेलाको अवस्थालाई झल्कने तथा द्वन्द्वकालीन र ऐतिहासिक महत्व राख्ने पोल बेनी पुर्याउन आवश्यक तयारी तथा संरक्षणका लागि समेत सचेत हुन अनुरोधसहित पत्र पठाएपछि पोल आउने पक्का भएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताए।  

‘हामी सबैको प्रयास सफल भएको छ,‘अब तत्कालका लागि संरक्षण गर्ने स्थानको पहिचान गछौं,‘शान्तिपार्क नबन्दासम्म राख्ने ठाउँको आवश्यकता छ’ प्रमुख थपााले भने । उनले बेनी नगरपालिका–७ बिरेन्द्रचोकमा डिभिजन बन कार्यालयसँगै जोडिएको सार्वजनिक र बराहपाखो सामुदायिक बनको जमिनलाई पार्कका रुपमा विकास गरी आर्कषक संरचना बनाउने निर्णय भएकाले उक्त स्थानमा राखिने बताए । करिब १० रोपनी क्षेत्रफलमा शान्ति पार्क र चिल्ड्रेन पार्क बनाउन जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि,सरोकारवाला निकायले सहमति जनाएपछि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने छ।  

उक्त पार्क निर्माण हुनु अगाडी बेनी नगरपालिकसँग समन्वय गरी पोल राख्ने जिसस प्रमुख थापाको भनाई छ । पोल फिर्ता लिनका लागि केही दिन अगाडी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालयमै पुगेर अध्यक्ष दीक्षितलाई भेट गरेका थिए । म्याग्दी आक्रमणको दुई दशक पुग्न लाग्दा पोल फिर्ता आउने भएपछि अव शान्ति पार्कमा तत्कालिन समयमा अन्य विषयबस्तु समेत राखेर शान्तिको सन्देश प्रवाह गर्ने तथा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गरिने छ।  

तत्कालिन बेनी नगरपालिकामा मेयर हरिकुमार श्रेष्ठ र हालका मेयर सुरत केसीले समेत पोल फिर्ता लिन प्रयास गरेका थिए। मेयर केसी निर्वाचित भएको पहिलो निर्णयमै पोल फिर्ता ल्याउने निर्णय छ। बेनी आक्रमणमा माओवादीका ९ वटा बटालियनका ४ हजार ५ सय लडाकु र १ हजार ९ सय स्वयंसेवक संलग्न थिए। माओवादीले बेनी आक्रमणमा ६६ वटा एके–४७ राइफल प्रयोग गरेका थिए । यो पोलसँगै यूद्ध संग्रालयको चर्चा समेत म्याग्दीमा गरिएको छ। तत्कालिन समयमा भएको भिडन्तमा ज्यान गुमाएकाहरुको सम्झना तथा छोडेका हाहतियार, परिवारलाई लेखेको चिठी लगायत फोटो र भिडियो समेत प्रर्दशन गरिने छ। बि.स २०६३ सालमा लगिएको पोल १७ बर्षपछि फर्किने भएपछि सरोकारवाला निकायले समेत पर्यटन प्रर्बधनमा सघाउने पुग्ने बताएका छन्।  

प्रकाशित: २७ वैशाख २०८० ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App