१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

भतिजी बलात्कार गर्ने काका कारागार चलान

भतिजीलाई बलात्कार गरेको आरोपमा प्रकाउ परेका काकालाई कारागार चलान गरिएको छ।भतिजी नाता पर्ने १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिगास गाउँपालिकाका २२ वर्षीय युवकलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो।

जिल्ला अदालतको  आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिए। गएको पुस १५ मा घटना भएको थियो। पुस महिनामा घटना भए पनि पीडितको निवेदन पछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरेको थियो।

प्रकाशित: २६ वैशाख २०८० १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App