coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लालबकैया खोलामा ठेकेदारको मनोमानी, कारबाही गर्ने निकाय मौन

कोल्हवी नगरपालिका क्षेत्रमा पर्ने लालबकैया खोलाबाट सोमबार नदीजन्य पदार्थ उत्खनन गरेर टिपरमा लोड गर्दै एक्स्काभेटर।

कोल्हबी नगरपालिकाको लालबकैया खोलाबाट नदीजन्य पदार्थको ठेक्का पाएका ठेकेदारहरुले मनोमानी तरिकाले खेलालाई उत्खनन गरेर नदीजन्य पदार्थ बिक्री वितरण गर्दै आएका छन्।

लालबकैया खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्नको लागि कोल्हबी नगरपालिकाबाट एक घाटमा एउटा एक्स्काभेटर प्रयोग गर्ने अनुमति पाएका ठेकेदारले तीन वटा एक्स्काभेटर प्रयोग गरेर मनोमानी ढङ्गले नदी जन्य पदार्थ उत्खनन गरी बिक्री वितरण गरेका हुन्।

ठेकेदारले खोलाबाट मनोमानी ढङ्गले नदीजन्य पदार्थ उत्खनन गर्नको लागि कोल्हवी नगरपालिका, जिल्ला समन्वय समिति, स्थानीय प्रहरी प्रशासनलाई आर्थिक प्रलोभनमा पारेको कोल्हवीका स्थानीयहरुले गुनासो गरेका छन्।

लालबकैया खोलामा ठेकेदारहरुले खटाएका लक्ष्मण चौधरीले भिम सखुवा घाटबाट मात्रै अहिले दैनिक तीन सय टिपर भन्दा बढी नदीजन्य पदार्थ बिक्री वितरण भइरहेको बताए।

टिपरहरुमा छिटो भन्दा छिटो नदीजन्य पदार्थ लोड गर्नकै लागि चार वटा एक्स्काभेटरलाई ठेकेदारहरुले भाडामा ल्याएर प्रयोग गरिएको चौधरीले बताए।

चालु आर्थिक वर्ष २०७९/८० मा कोल्हवी नगरपालिका क्षेत्रमा पर्ने लालबकैया खोलाबाट ५७ लाख घन फिट नदीजन्य पदार्थ उत्खनन गर्नको लागि कोल्हवीकै टि आर एस एन जेभीले लगभग चार करोडमा ठेक्का स्कार गरेको कोल्हवी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र चौधरीले बताएका छन्।

लालबकैया खोलाको भिम सखुवा र हनुमानगंज गरी दुई घाट तोकेर एक एक एक्स्काभेटर प्रयोग गरेर बढीमा तीन फिट गहिराइसम्म मात्रै नदी जन्य पदार्थलाई ठेकेदारहरुले उत्खनन गरी बिक्री वितरण गर्ने गरी सम्झौता गरिएको चौधरीले सुनाए।

खोलामा तीन फिट गहिरो बनाएर मात्रै नदीजन्य पदार्थ उत्खनन गर्न सम्झौता भए पनि ठेकेदारहरुले छ फिट भन्दा गहिरोसम्म खनेर नदीजन्य पदार्थ उत्खनन गरेर बिक्री वितरण गरी रहेका छन्।

खोलाबाट नदीजन्य पदार्थको ठेक्का लिएका ठेकेदारहरुले वहालवाल नगर प्रमुख र पूर्व नगर प्रमुखका नजिकका व्यक्ति समेत भएकोले उनीहरूले खोलाबाट आफूखुसी नदीजन्य पदार्थ उत्खनन गरेर बिक्री वितरण गर्दै आएका छन्।

ठेक्का लिएका टि आर एस एन जेभीका प्रतिनिधिमा हरिवंश प्रसाईँ ठेकेदार तथा पूर्व कोल्हवीका नगर प्रमुख भरत भण्डारीका नजिकका व्यक्ति रहेका छन् भने वीरेन्द्र चौधरी वर्तमान नगर प्रमुख रामप्रसाद चौधरीका नजिकका व्यक्ति भएकाले समेत एउटा एक्स्काभेटर प्रयोग गर्ने ठाउँमा तीन तीन वटा एक्स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्ने गरेका स्थानीयहरुले गुनासो गरेका छन्।

नगरपालिकाबाट ५७ लाख घनफिट नदीजन्य पदार्थ उत्खनन गर्नको लागि दुई वटा एक्स्काभेटर प्रयोग गर्न अनुमति पाए पनि ठेकेदारहरुले लाख घनफिट भन्दा बढी परिमाणमा नदीजन्य पदार्थ उत्खनन गरेर बिक्री वितरण गर्नकै लागि चार वटा एक्स्काभेटर प्रयोग गरेका हुन्।

ठेकेदारले नदीजन्य पदार्थ उत्खनन गर्नको लागि नगरपालिकाबाट दुई वटा एक्स्काभेटर प्रयोग गर्ने अनुमति लिएर चार चार वटा एक्स्काभेटर प्रयोग गरेको  सूचना पाए पछि एक्स्काभेटरलाई नियन्त्रणमा लिनको लागि इलाका प्रहरी कार्यालय कोल्हवीलाई निर्देशन दिएका बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

प्रकाशित: २५ वैशाख २०८० १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App