१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

महिलालाई विज्ञापनको साधन बनाइनु हुँदैनः मन्त्री शर्मा

फाइल तस्बिर

सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छिन्।

बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्।

उनले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिनु नहुने बताइन्। कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भनेपनि सुन्दरताका लागि मात्रै महिलाहरु विज्ञापनको साधन बन्नेकुरा आफैँमा गलत रहेको उनको भनाइ छ। उनले विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्ने उल्लेख गरिन्। 

उनले भनिन्, ‘विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्छ। त्यसले कुनै विषयमा कतैपनि घोचपेच गरिएको हुनु हुँदैन। हाम्रो संविधान, कानून, भएको कुरा उल्लंघन भएको हुनु हुँदैन। महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन। कुनैपनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने किन? विभिन्न खाले विज्ञापन हुन्छन्? महिलाहरुको सुन्दरताका कारणले पनि होला भन्नुभयो, तर त्यसो हो जस्तो मलाई लाग्दैन। सुन्दरता हरेक वस्तुमा हुन्छ, पुरुषमा हुन्छ, महिलामा हुन्छ। समाजका हरेक वस्तुमा हुन्छ, सुन्दरताकै कारण विज्ञापनको साधन बन्नुपर्छ भन्नेकुरा आफैँमा बेठिक छ । विज्ञापन कसैलाई घोचपेच गरेर आउनु हुँदैन।’ 

मन्त्री शर्माले विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाएर लैजानुपर्नेमा जोड दिइन्।  

प्रकाशित: २१ वैशाख २०८० ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App