१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पृथ्वीराजमार्ग चार घन्टापछि पुन:सञ्चालनमा

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुन सञ्चालनमा आएको छ।

आज बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा–आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो।  सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपश्चात् राजमार्ग सञ्चालन भएको हो।

डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नंको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किँदा स्थानीय घाइते भएका थिए।  

प्रकाशित: २० वैशाख २०८० ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App