१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

फाइल तस्वीर

गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ। गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ।

डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुंगी एवं विभिन्न जडीबुटी पूर्ण रूपमा नष्ट भएका छन्। ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले बताइन्।

डढेलोबाट कतिपय जंगली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन्।

सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा सात सय नौ हेक्टर सामुदायिक वनमा आगलागी भएको शर्माले बताए।

डढेलोमा परी जिल्लामा दुई जनाको ज्यान गएको छ। धुर्कोट गाउँपालिका-३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५३ वर्षीय धनबहादुर जोगी कुँवरको आगो निभाउने क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ। वनमा आगो लगाउने एकजनालाई कारबाहीको दायरामा ल्याइएको छ।  

प्रकाशित: २० वैशाख २०८० ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App