७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

डाटा हराएपछि पुनः दरखास्त पेश गर्न लोकसेवाको आह्वान, जेठ १८ गतेसम्म म्याद

उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ। आयोगले बुधबार एक सूचना निकालेर २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो। पहिले दरखास्त दिएर शुल्क तिरेकाहरूले मात्र अहिले फर्म भर्न पनि सूचनामा भनिएकाे छ। 

सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्ने र पुनः दरखास्त दिँदा शुल्क तिर्न नपर्ने लोक सेवा आयोगको सूचनामा भनिएको छ।  

अघिल्लो वर्ष फागुन २३ गतेदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आयोगको अनलाइन प्रणाली अवरुद्ध भएको थियो।

लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त माग गरेको हो।

प्रकाशित: २० वैशाख २०८० ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App