रौतहटको गरुडामा एक घण्टा चक्का जाम गरिएको छ। रौतहटको गरुडा नगरपालिका ४ स्थित श्री नमुना माध्यमिक विद्यालय व्यवस्थापन समिति (विव्यस) गठनको विषयलाई लिएर स्थानीयवासीले एक घण्टा सडक अवरुद्ध पारेका हुन्।
अभिभावकको भेलाले सर्वसम्मत रुपमा सन्तोषकुमार साहलाई विव्यस अध्यक्ष चयन गरी बाँकी सदस्यको पनि चयन गरिसकेको तर नगरपालिकाले मान्यता नदिई प्रक्रिया पूरा नगरी बलजफ्ती गठन गरिएको बताउँदै आएपछि गरुडामा आन्दोलन हुँदै आएको छ।
गठन गरिएको व्यवस्थापन समितिको पक्षमा स्थानीय नेकपा एस, नेपाली काँग्रेस, जसपा लगायतका दलको समर्थन रहेको छ।
प्रकाशित: १८ वैशाख २०८० १०:०६ सोमबार