७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै रौतहटका वकिलहरुले दिए धर्ना

प्रधानन्यायाधीश र अन्य संवैधानिक समितिहरूमा अविलम्ब नियुक्तिको माग गर्दै रौतहटका वकिलहरुले धर्ना दिएका छन्। 

नेपाल बार एसोसिएसन रौतहटका अध्यक्ष नन्द किशोर साहको अध्यक्षतामा वकिलहरुले आइतबार जिल्ला अदालतमा धर्ना दिएका हुन्।

रौतहट जिल्ला अदालत परिसरमा सदरमुकाम गौरमा रहेका अधिवक्ताहरूले धर्ना दिँदा कामकाज केही समय प्रभावित भएको थियो। जिल्लाका वकिलहरुले नै आन्दोलन गर्नुपर्दा ज्यादै नमिठो लागेको बुद्धिजीवीहरूले बताएका छन्।

एसोसिएसनको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका अधिवक्ताहरूसँग सल्लाह गरेर धर्ना कार्यक्रम गरिएको अध्यक्ष साहले बताएका छन्। 

प्रकाशित: १७ वैशाख २०८० १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App