१० असार २०८१ सोमबार
image/svg+xml
समाज

नगरपालिकाले भत्कायो महाकवि देवकोटाको शालिक

दैलेख सदरमुकामको मुख्य बजारमा रहेको देवकोटाको शालिक भत्काउँदै।

नारायण नगरपालिका दैलेखले महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक भत्काएको छ। दैलेख सदरमुकामको मुख्य बजारमा रहेको देवकोटाको शालिक डोजर चलाएर नगरपालिकाले भत्काएको हो।

सडक विस्तारको नाममा नगरपालिकाले देवकोटाको शालिक भत्काएसँगै नगरवासीहरुले विरोध समेत गरेका छन्। डोजर लगाएर शालिकको टाउको फुटालिएको छ।

दैलेखको मुख्य बजार देवकोटा चौकको नामले नामाकरण २०५० सालतिर गरिएको थियो। २०५९ असार २४ गते देवकोटाको शालिक स्थापना गरिएको हो। शालिक राखेको २१ वर्षमा नगरपालिकाले भत्काएको हो। सामाजिक सञ्जालमा साहित्यसँग नजिक हुनेहरुले विरोध समेत गरेका छन्। 

नगरपालिकाका नगर प्रमुख लोमन शर्माले सामाजिक सञ्जालमा सर्वत्र विरोध भएपछि नयाँ शालिक स्थापना गर्ने प्रतिक्रिया दिएका छन्।

प्रकाशित: १७ वैशाख २०८० १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App