नेपाल सरकारले गठन गरेको अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ।आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोगको केन्द्रीय कार्यालय उद्घाटन गर्दै कार्यालय स्थापना गरेका हुन्। जाँदा बुझ आयोगको कार्यालय हुलाक भवनमा राखिएको छ।
आयोगको अध्यक्षमा विशेष अदालतका पूर्व न्यायाधीश गौरी बहादुर कार्की र सदस्यद्वयमा पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेश बहादुर अर्याल रहेका छन्।मिटर ब्याज पीडितहरूले काठमान्डुमा आन्दोलन गरेपछि सरकारले तीन सदस्यीय आयोग गठन गरेको छ। आयोगलाई तीन महिनाको समयावधि निर्धारण गरिएको छ।
मिटर ब्याज सम्बन्धी समस्या समाधान गर्न गठन भएको जाँचबुझ आयोगले पीडितहरूलाई उजुरी गर्न पनि आव्हान गरिसकेको छ। पीडितहरूले ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सक्नेछ।
प्रकाशित: १७ वैशाख २०८० १२:१९ आइतबार