१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

कपिलवस्तुमा मिटर ब्याजी पीडित सहायता कक्ष स्थापना

पीडितहरूको सहजताका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी पीडित सहायता कक्ष स्थापना गरेको छ।

प्रजिअ शंकरहरी आचार्यले सहायता कक्षको उद्घाटन गरी संचालनमा ल्याइएको हो। पीडितहरूको निवेदन फारम कार्यालयबाटै भर्ने र अनलाइन ईन्ट्रिमा सहयोग पुर्‍याउन सहायता कक्ष सञ्चालन गरिएको प्रजिअ आचार्यले बताए।

वैशाख १७ गते देखी ३१ गते सम्म मिटर ब्याजी पीडितहरूलाई आफ्नो भए सम्मका सबुद प्रमाण सहितको ब्यहोरा खुलाई पीडित सहायता कक्षमा सम्पर्क राख्न सार्वजनिक सूचना समेत जारी गरेको छ।

कक्षमा निवेदन फारम कार्यालयले निःशुल्क उपलब्ध गराउने र निवेदन फारम कार्यालयका कर्मचारीले नै भर्ने व्यवस्था गरेको छ। जिल्ला प्रशासन कार्यालयमै सञ्चालनमा आएको कक्षमा प्रशासन कार्यालयको मुद्दा फाँट र अन्य फाँटका कर्मचारीले सहजीकरण गरी पीडितलाई सहयोग पुर्‍याउने छन्।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा हाल सम्म २० वटा मिटर ब्याजी सम्बन्धी उजुरीहरू आएका छन्। जसमा २ वटा उजुरी समाधान भएका छन् भने ३ वटा उजुरीको मुद्दा अदालती प्रक्रियामा छन्। बाँकी १५ वटा उजुरी कारबाही प्रक्रियामा अगाडी बढेर बयान लिई कागजात माग गरिएको प्रजिअ आचार्यले बताए।

कक्ष सञ्चालनमा आए सँगै पुराना उजुरीलाई मन्त्रालयले पठाएको नयाँ ढाँचाको निवेदन भर्ने काममा सहजीकरण हुनेछ। त्यसै गरी पुराना उजुरी दिएका पीडितबाट नयाँ ढाँचामा निवेदन भनाउने कार्य कक्षका कर्मचारीले गर्ने छन् भने ती निवेदनलाई अनलाइन ईन्ट्रि गरिने छ। त्यसै गरी तोकिएको अवधिमा नयाँ आउने उजुरीलाई समेत कर्मचारीको सहयोगमा भरेर अनलाइन ईन्ट्रि गराउने कार्यमा कक्षका कर्मचारीले सहयोग गर्नेछन्।

कक्षमा सेवा लिन आउने पीडितसँग भएका कपाली तमसुक, दृष्टि बन्धकको कागज र साक्षी सहितको सबुतका आधारमा कार्यालय कर्मचारीले विवरण भर्ने र अनलाइन ईन्ट्रिमा सहयोग गर्ने प्रजिअ शंकरहरी आचार्यले जानकारी दिए। मिटर ब्याजी पीडितहरूको समस्या समाधानका लागी कक्ष सञ्चालनले सहयोग पुग्ने प्रजिअ आचार्यको भनाइ छ।

प्रकाशित: १६ वैशाख २०८० १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App