१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१८ एसपीलाई एसएसपीमा बढुवा सिफारिस, विश्व अधिकारी पहिलो नम्बरमा

नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा सिफारिस समितिले आज उनीहरूलाई सिफारिस गरेको हो। सूचीको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भुपेन्द्र खत्री र तेस्रोमा सानुराम भट्टराई रहेका छन्।

२०५६ सालमा प्रहरी निरीक्षकमा नाम निकालेका मध्येबाट बढुवा सिफारिस भएको हो। बढुवा सिफारिसको सूची अनुसार चौथो नम्बरमा ओम अधिकारी, पाँचौँमा शेखर खनाल, छैटौँमा अभि काफ्ले र सातौँमा सोमेन्द्रसिंह राठोर रहेका छन्।

त्यसैगरी आठौँमा मुकुन्द मरासिनी, नवौँमा दिप शमशेर जबरा, दशौँमा बेल पाण्डे, ११ औँमा दिनेश मैनाली, १२ औँमा गोपालचन्द्र भट्टराई, १३ औँमा प्रविण पोखरेल, १४ औँमा गंगा पन्त र १५ औँ नम्बरमा कृष्णबहादुर पल्लीमगर छन्। यस्तै विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन क्रमश १६ औँ, १७ औँ र १८ औँ नम्बरमा रहेका छन्।

प्रकाशित: १५ वैशाख २०८० १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App