२७ मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

जहाज उड्ने क्रममा चरासँग ठोक्किँदा आगोको झिल्को देखिएको हो: फ्लाई दुबई

फ्लाई दुबईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको जनाएको छ।

दुबई मिडिया अफिसका अनुसार जहाजमा चरा ठोक्किएको हुँदा आगोको झिल्का देखिएको हो। फ्लाई दुबईको एफजेड ५७६ जहाज काठमाडौं विमानस्थलबाट उडान भर्ने क्रममा चरा ठोक्किएको थियो। हाल उक्त जहाज सामान्य अवस्थामा उडिरहेको पनि फ्लाई दुबईले जानकारी दिएको छ।

जहाज दुबईको स्थानीय समय अनुसार १२ बजेर १४ मिनेट जाँदा अवतरण हुने बताइएको छ।

फलाई दुबईको एफजेड ५७६ नम्बरको जहाज ९ बजेर २० मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो। उड्ने बित्तिकै जहाजमा आगोको झिल्का देखिएर ठुलो आवाज आएको थियो। समस्या आएको थाहा भएपछि पाइलटले जहाज धादिङको धार्के लगेर होल्ड गरेका थिए। सो बेला फ्लाइ दुबइको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाई जानकारी गराइएको छ।

इन्जिनमा समस्या भएपछि कामाठाडौंतर्फ फर्किएको विमान फेरि दुबईतर्फ गएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन्।

फ्लाइट नम्बर एफजेट ५७६ सो विमानमा सुरुमा इन्जिनमा समस्या आएको बताएपछि काठमाडौंं डाइभर्ट गरिएको र अहिले दुबईतर्फ फर्किएको विमानस्थलका प्रवक्ता सिटौलाले जानकारी दिए।

प्रकाशित: ११ वैशाख २०८० १८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App