३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा अवरुद्ध

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध भएको छ। उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो। टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन्।

वैशाख ७ गतेदेखि गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए। वैशाख ७ गते राति परेको चट्याङले लची डाँडामा राखिएको नेपाल टेलिकमको टावरमा क्षति पुगेपछि भोटखोलामा टेलिफोन सेवा अवरुद्ध भएको अध्यक्ष भोटेले बताए।

उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेलाबेला टावरमा समस्या आउने गरेको छ। टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङ्गम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन्। रासस

प्रकाशित: ११ वैशाख २०८० १५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App