२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोन्टि देसाइलाई नागरिक नायक सम्मान २०८०

नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टि देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो। 

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा सोमबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नेपाल पब्लिक मिडियाका संस्थापक अध्यक्ष विनाेदराज ज्ञवालीले संयुक्त रूपमा प्रशिक्षक देसाइर्लाइ सम्मान गरेका थिए। 

नेपालले विश्वकप छनोटको अन्तिम १२ मध्येको ११ खेल जितेको थियो। यो सबै सम्भव भएको मात्र देसाईको प्रशिक्षणले हो। यसैको सम्मान स्वरुप उनलाई आज नागरिक नायक वर्ष २०८० घोषणा गरिएको हो।  

देसाई गत वर्ष माघम नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुकत भएका हुन्। उनीसँग नेपाल क्रिकेट एशोसियनले दुई वर्षको सम्झौता गरेको छ।  

यसअघि देसाईले सन् २०१७ मा नेपाली यु–१९ टोलीको ब्याटिङ कन्सल्ट्यान्ट सम्हालेका थिए। त्यसअघि उनले सन् २०१४ को आईसीसी टि–२० विश्वकप छनोटको क्रममा राष्ट्रिय क्रिकेट टोलीको लागि काम गरेका थिए।  

उनले विगतमा वेस्ट इन्डिज, अफगानिस्तान, युएई वा क्यानडाको क्रिकेट टिम सम्हालिसकेको छन्।  

सम्मानपछि सहजकर्ता सुरज गिरीसँगको कुराकानीमा प्रशिक्षक देसाईले पछिल्लो खेल हेर्दा नेपालले ब्याटिङमा पनि राम्रो गरिरहेको बताए। 'भर्खरै विश्वरेकर्ड पनि बनेको छ। सन्दिप लामिछानेले कम खेलमा १०० विकेट लिएर विश्वरेकर्ड बनाए। समग्रमा नेपाली क्रिकेट एकदम राम्रो बाटोमा गइरहेको छ।' उनले भने. खेलाडीकाे प्रशिक्षणकाे मुख्य सुत्रबारे साेधिएकाे प्रश्नमा उनले भने, 'नकारात्मक कुरालाई हटाएर हरेक खेलाडीको व्यक्तिगत व्यवहारलाई ख्याल गर्ने र समस्याको समाधान निकाल्ने, शारिरीकमात्र होइन खेलाडीको मानसिक स्वास्थ्यबारेमा समेत मैले बुझेर काम गरेको छु।' 

प्रकाशित: ११ वैशाख २०८० १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App