६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

जिप्रका रौतहटले सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह गर्ने

जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक विदाका दिन पनि सेवा प्रवाह गर्ने भएको छ। २०८० सालको सार्वजनिक विदाको दिन प्रवाह गरिने प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए।

जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता र प्रतिलिपि नागरिकसम्बन्धी सेवा, राहदानीसम्बन्धी सेवा तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धी सेवा सार्वजनिक विदाको दिन पनि दिने प्रजिअ मिश्रले बताए। 

बैशाख २२ गते उभौली पर्व तथा बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १४ गते रक्षाबन्धन, असोज २८ गते घटस्थापना, पुस ९ गते क्रिसमस डे, पुस १० गते उभौली पर्व, पुस १५ गते तमु ल्होसार, पुस २७ गते पृथ्वी जयन्ती, माघ १ गते माघे संक्रान्ति, माघ २७ गते सोनम ल्होसार, फागुन १ गते जनयुद्ध दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ गते महाशिवरात्री तथा अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २८ गते ग्याल्पो ल्होसार र इद ऊल फित्र, इद उल अजहा जस्ता सार्वजनिक विदाहरुमा सार्वजनिक सेवा प्रवाह भइरहने प्रजिअ मिश्रले बताएका छन्।

नेपाल सरकारले लिएको नीतिअनुसार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक विदाको दिन पनि कार्यालय संचालन गर्ने भएको हो।

सर्लाही जिल्ला प्रशासन कार्यालयले गत हप्ता यसै गरी सार्वजनिक विदाको दिन सार्वजनिक गरिने सेवाहरुको बारेमा सर्वसाधारणलाई जानकारी गराएको थियो।

प्रकाशित: १० वैशाख २०८० ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App