१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बस र मोटरसाइकल ठोकिँदा एकै परिवारका तीनको मृत्यु

महोत्तरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो महोत्तरीको गौशाला नगरपालिका-१ स्थित रेल्वे ट्र्याक नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जना मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए।

सम्सीबाट जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक अमृत र उनको भतिजीलाई उपचारको लागि बर्दिबास स्थित शुभ स्वस्तिक र श्रीमती अन्जुलाई ट्रमा अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरिले बताए।

प्रकाशित: ६ वैशाख २०८० १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App