coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रोल्पा जिल्ला प्रशासनमा सिडियो बाहेक छैनन् अन्य अधिकृत

बिहान १० बजे कार्यालय पुग्ने रोल्पाका प्रमुख जिल्ला अधिकारी पराननन्द घिमिरे दिनभर कार्यलयमा नागरिकता, राहदानी लगायत दैनिक आउने जनताका काममा ब्यस्त भेटिन्छन्। कहिले काहि बेलुका अबेर सम्म नागरिकतामा हस्ताक्षर गर्दै गरेका भेटिने उनि जिल्लाका औपचारीक कुनै पनि कार्यक्रममा पुरा समय बिताउन पाउदैनन्।  

देशका सुगम स्थानका कार्यालयमा कर्मचारी थुप्रिरहदा दुर्गम रोल्पाको सबै भन्दा जनसरोकारको अड्डा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बाहेक अन्य अधिकृतहरु लामो समय यता छैनन्। करिब डेढ महिना बढि समय बित्दा समेत सरकारले सहायक सिडियो र अन्य दुईजना प्रशासकिय अधिकृत पठाउन सकेको छैन।  

त्यसै गरि गृह मन्त्रालय अन्र्तगतको कारागार र ईलाका प्रशासन कार्यालय घर्तीगाउँमा पनि अधिकृत स्तरका कर्मचारी लामो समय यता खालि छ। सुरक्षा निकायको महत्वपुर्ण निकाय जिल्ला प्रशासन र सो अन्तर्गतका कार्यालयमा कर्मचारी खटनपटन हुन नसक्दा सकस थपिएको हो।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले असजिलोमा भए पनि जनताको दैनिकि सेवा प्रवाह गरिरहेको बताउदै बिदाको दिन पारेर अन्य काममा समय दिनु परेको बताए। ‘अनुगमन गर्न, बिकास निर्माणका बिबादमा छलफल गर्न, कहि कतै जान बिदाको दिन कुर्न पर्छ।’ उनले भने ‘औपचारीक कार्यक्रम तथा कुरीती विरुद्धका गतिबिधिमा सहभागीता जनाउन पनि गाह्रो छ।’

त्यसो त रोल्पाका अन्य कार्यालयमा पनि जहिले कर्मचारी अभाब हुन्छ। यहाँ आउने अधिकृत स्तरका कर्मचारीहरु दुर्गम नम्बर ल्याउन आउने बाहेक सामान्य अबस्थामा रोजाईमा पर्दैन। यतिबेला पश्चिम रोल्पाको घर्तीगाउँमा रहेको ईलाका प्रशासन कार्यालयमा अधिकृत नभए पछि त्यो क्षेत्रको सेवा बन्द छ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे भन्छन् ‘यहाँका धेरै वडामा स्वास्थ्य, कृर्षि र भेटनरीका प्राििधक छन्। उनीहरुले गर्ने प्रशासनिक कामहरु मिस्टेक भएर आउछ।’ दरबन्दी अनुसार कर्मचारी नहुदा जिल्लाका अधिकांस कार्यालय निमित्तका भरमा चलेका छन्। त्यसो त यहाँ हरेक तहका कर्मचारीको अभाव छ।  

प्रकाशित: ४ वैशाख २०८० १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App