२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विश्वकै एक नम्बरमा काठमाडौं

प्रदूषित सहरको सूची

काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ। विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार शनिबार साँझ काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर रहेको पाइएको हो।

वायुको गुणस्तर सूचकांक (एक्युआई) मा २०२ अंकसहित शनिबार साँझ काठमाडौं विश्वकै विषाक्त हावा भएको सहर पुष्टि भएको छ। प्रदूषणको हिसाबले काठमाडौंपछि नयाँ दिल्ली, थाइल्यान्डको चियाङमाई, भियतनामको हनोई, थाइल्यान्डको बैंकक र बंगलादेशको ढाका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौं नम्बरमा छन्।

वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावको हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ। यो मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर तह हो। देशका विभिन्न भागमा लागेको डढेलो र यही सिजनमा कृषि अवशेष जलाउने गरिँदा प्रदूषण ह्वात्तै बढेको मानिएको छ।

काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ।

प्रदूषणको यो तह जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर मानिन्छ। जनस्वास्थ्यविद् तथा वायु प्रदूषण विज्ञले कम्तीमा मास्क लगाउँदा केही हिसाबले असरबाट बच्न सकिने सुझाव दिएका छन्। यो स्तरको वायु प्रदूषणका कारण विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्किन र यसबाहेक अन्य उमेर समूहका नागरिकले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन वातावरण विभागले अपिल गरेको छ।

गत बिहीबार वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले बारा, पर्सा, चितवनलगायत देशभर १४० भन्दा बढी स्थानमा लागेको डढेलो र कृषि अवशेष बाल्ने जस्ता प्रदूषणका स्थानीय स्रोतका कारण काठमाडौं उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढेको बताएको थियो।

प्रदूषणको यो तह जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर मानिन्छ। जनस्वास्थ्यविद् तथा वायु प्रदूषण विज्ञले कम्तीमा मास्क लगाउँदा केही हिसाबले असरबाट बच्न सकिने सुझाव दिएका छन्।

वायु प्रदूषणका कारण पछिल्ला वर्षमा नेपालमा श्वासप्रश्वाससम्बन्धी रोग, फोक्सोको क्यान्सरका साथै मुटुरोग, हाइपर टेन्सन, मस्तिष्कघातका बिरामीको संख्या बढेको पाइएको छ। घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजारको मृत्यु भएको, वायु प्रदूषणजन्य कुल मृत्युमध्ये १९ प्रतिशत ५ वर्षमुनिका बालबालिका हुने गरेको र २७ प्रतिशत ७० वर्ष उमेरमाथिका उमेर समूहका रहेको अध्ययनहरूले देखाएका छन्।

प्रकाशित: ३ वैशाख २०८० ०१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App