भयावह वायु प्रदूषण
पछिल्ला दिनमा देशभर वायु प्रदूषणको कहर असाधारण रूपमा बढेको छ। शनिबार सांझ र आइतबार बिहान काडमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा पुग्नु आफैँमा चिन्ताजनक पक्ष हो।
पछिल्ला दिनमा देशभर वायु प्रदूषणको कहर असाधारण रूपमा बढेको छ। शनिबार सांझ र आइतबार बिहान काडमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा पुग्नु आफैँमा चिन्ताजनक पक्ष हो।
केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ।
काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ।
वायु प्रदूषणका कारण निम्तने संकट र त्यसबाट हुने मानवीय क्षतिका लागि सरकारले जिम्मा लिनैपर्छ। जसका लागि सरकारले समयमै पहल गर्न आवश्यक छ।