१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

माओवादी नेता वर्षमानकी आमामाथी गाेली प्रहार, ट्रमा सेन्टरमा उपचार हुँदै

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथी गाेली प्रहार भएको छ। गए राति  गैह्रीधारा स्थित घरमा ७४ वर्षीय तिर्थमाली पुनलाई सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका थिए।

कायममुकायम प्रधानन्यायाधीशको सुरक्षा टोलीमा रहेका प्रकाशले साढे ९ बजे तिर्थमालीमाथी गोली प्रहार गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

वर्षमानकी आमाको गोडामा गोली लागेको छ। ट्रमा सेन्टरमा उनको उपचार हुँदैछ। घटनाबारे अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

प्रकाशित: २ वैशाख २०८० ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App