२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागु औषधसहित एक पक्राउ

लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ सितापुरका ३७ वर्षिय रमेश बुढालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले बुढालाई बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट नियन्त्रणमा लिएको छ। भे ९ प ९४१ नंम्बरको मोटरसाईकलमा सवार भई शंकास्पद रुपमाभारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले चेकजाँचगर्दा प्लाष्टिकमा १ पुरिया लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध फेला पारेको छ। बरामद लागुऔषध ब्राउन सुगर ५ ग्राम ६ सय ३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। बुढालाई नियन्त्रणमा लिई बुधबार अदालतबाट लागुऔषध मुद्दामा म्याद थपगरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २९ चैत्र २०७९ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App